2076-8-2
समुदायमा सरकारी वकील कार्यक्रम कालिका मा.वि. मा सम्पन्न
का |
त्तिक २२, दोस्रो पञ्चबर्षिय रणनीतिक योजना अन्तर्गत कालिका मा.वि. जिरीखिम्तीमा सम्पन्न, जिल्ला सरकारी वकील कार्यालय, तेह्रथुमले सरकारी वकील कार्यालयको परिचय र सरकारी वकीलको काम कर्तव्य र अधिकार, कार्यविधि, मुद्दाको प्रक्रिया बारे जानकारी एवं सरकारी वकील र अन्य वकीलको भिन्नता, सजायका प्रकारहरु, पीडितका अधिकारहरु आदिका बारेमा कक्षा ११\१२ का विद्यार्थीहरुलाई अन्तरक्रियात्मक विधिबाट सञ्चालित कार्यक्रमको उद्देश्य सरकारी वकील कार्यालयको जानकारी गराउने, सरकारवादी भई चल्ने मुद्दाहरु, त्यसका प्रक्रियाहरु, संलग्न पक्षहरुको वारेमा सुसुचित गराई कार्यक्रम सम्पन्न भयो।
सहभागिको सक्रिय सहभागिता भएको कार्यक्रमको अध्यक्षता श्री जिल्ला सरकारी वकील कार्यालयका नि. जिल्ला न्यायाधिवक्ता श्री दिपक बस्याल, प्रमुख अतिथी म्याङलुङ न.पा. ७ का वडा अध्यक्ष श्री नारायण प्रसाद आचार्य, विशेष अतिथी विद्यालयका प्र.अ. श्री गोविन्द सोदेम्वा रहनुभएको थियो। कार्यपत्र प्रस्तुत गर्दै जिल्ला सरकारी वकील कार्यालयका स.जि.न्या.व. श्री दिपक बस्यालले समुदायमा हुनसक्ने अपराधहरु, सरकारवादी भई चल्ने मुद्दाहरु, त्यसका प्रक्रियाहरु, सरकारवादी मुद्दाका संलग्न पक्षहरुको वारेमा बारे जानकारी गराउनुभयो। ८० जना भन्दा बढिको सहभागितामा सञ्चालित कार्यक्रम जनचेतनामूलक भएकाले यस्ता कार्यक्रमहरु सबै जनता समक्ष पुर्याउनुपर्ने कुरामा सहभागिहरुले जोड दिएका थिए। उक्त कार्यक्रममा सहभागि विद्यार्थीहरु मध्येका मिन्सोहाङ लिम्बु र लक्ष्मी भट्टराईबाट समेत कार्यक्रमको उद्देश्य माथि प्रशंसा गर्दै कानूनको ज्ञानको कमि भएकोले सरकारी वकील कार्यालयबाट यस्ता कार्यक्रमहरु अझै बढाउनुपर्ने विचार व्यक्त भएको थियो। म्याङलुङ न.पा. ७ का वडा अध्यक्ष श्री नारायण प्रसाद आचार्य, विद्यालयका प्र.अ. श्री गोविन्द सोदेम्वा र अन्य त्यस विद्यालयका शिक्षकहरु समेत सहभागी भएको कार्यक्रमको सञ्चालन यस कार्यालयका खरिदार श्री राम कुमार श्रेष्ठले गर्नुभएको थियो ।
|
|
|
|
|
|
साउन महिनाको मासिक प्रतिवेदन
मुद्धा तर्फको बार्षिक प्रतिवेदन २०८१/८२
असार महिनाको मासिक प्रतिवेदन २०८१/८२
आ.व.२०८२ असार मसान्त सम्मको यस कार्यालयमा भएका कार्यहरुको स्वत प्रकाशन
आ.व.२०८१ चैत्र मसान्त सम्मको यस कार्यालयमा भएका कार्यहरुको स्वत प्रकाशन
आ.व.२०८१ मंसिर मसान्त सम्मको यस कार्यालयमा भएका कार्यहरुको स्वत प्रकाशन
आ.व.२०८१ असार मसान्त सम्मको यस कार्यालयमा भएका कार्यहरुको स्वत प्रकाशन
वैशाख महिनाको मासिक प्रतिवेदन ।