2076-3-15
मिति २०७६।०३।१४ गते शनिबारको दिन उच्च अदालत बिराटनगर इलाम इजलाश¸ इलाम जिल्ला अदालत¸ उच्च सरकारी वकील कार्यालय¸ इलाम र जिल्ला सरकारी वकील कार्यालय इलामको संयुक्त आयोजनामा " न्यायमा सहज पहुँच र समुदायमा सरकारी वकील" नामक कार्यक्रम संपन्न गरियो । उक्त कार्यक्रममा उच्च अदालत इलाम इजलाशका माननीय मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेल ज्यू र माननीय न्यायाधीश तेजनारायणसिंह राई ज्यू¸ इलाम जिल्ला अदालतका माननीय न्यायाधिश इन्द्रकुमार चोङ्गटेन्ली ज्यू¸ इलाम नगरपालिकाका मेयर महेश बस्नेत ज्यू ¸ नि.सहन्यायाधिवक्ता पूर्णबहादुर थापामगर¸ इलामका जिल्ला न्यायाधिवक्ता युबराज महत लगायत समुदायका १५० भन्दा बढी सहभागी उक्त कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रमको संचालन तथा उद्घोषण जिल्ला न्यायाधिवक्ता युबराज महतले गर्नुभएको थियो । कार्यक्रमको सभाध्यक्ष इलाम जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश श्री इन्द्रकुमार चोङ्गटेन्लीले गर्नुभएको थियो ।
२०८० साल फाल्गुण महिनाको मुद्धाको मासिक प्रतिवेदन
२०८० साल माघ महिनाको मुद्धाको मासिक प्रतिवेदन
२०८० साल पौष महिनाको मुद्धाको मासिक प्रतिवेदन
आर्थिक वर्ष २०७९/०८० सालको वार्षिक प्रतिवेदन
2078 साल माघ महिनाको मासिक प्रतिवेदन
२०७८ साल पौष महिनाको मासिक प्रतिवेदन
आ.व. २०७७/०७८ साल पौष महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. २०७७/०७८ साल पौष महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. २०७७/०७८ साल मंसिर महिनाको मुद्दाको मासिक प्रतिवेदन