2076-2-19
भवन प्रगति अनुगमन तथा निरिक्षण कार्य सम्पन्नः
|
जे |
ठ १५, उच्च सरकारी वकील कार्यालय धनकुटाको निरिक्षण टोलीले यस कार्यालयको निर्माणाधिन भवनको निरिक्षण सम्पन्न गरेको छ । उच्च सरकरी वकील कार्यालय, धनकुटाका उपन्यायाधिवक्ता श्री कैलाश दाहालको नेतृत्वमा सोही कार्यालयका नायव सुव्वा श्री केशव विष्ट तथा लेखापाल श्री कुवेर घिमिरे संलग्न टोलिले माननिय जिल्ला न्यायाधिश श्री नारायण प्रसाद पराजुली, कार्यालय प्रमुख दिपक बस्याल, प्रहरी निरिक्षक श्री तेज बहादुर दाहाल, बार एशोसिएसनका अध्यक्ष श्री मान बहादुर लिम्बु, निर्माण व्यवसायीका आधिकारीक प्रतिनिधि गोविन्द प्रसाद ढुंगाना समेतले निर्माणाधिन भवनको स्थलगत निरिक्षण गरि भवनको यथार्थ जानकारी लिई निर्माण पक्षसंग संयुक्त वैठक बसी यही ०७६ साल जेठ मसान्तसम्ममा भुई तलाको छत ढलान कार्य सम्पन्न गर्ने त्यस पश्चात पहिलो तलाको छत ढलान कार्य सम्पन्न गर्नका लागी प्रतिवद्धता गराउनका साथै आर्थिक वर्षभित्र प्रतिवद्धता जनाएनुसारका कार्य सक्न ठेकेदार पक्षबाट समेत प्रतिवद्धता व्यक्त भएको थियो । साथै निर्माणाधिन भवनको अग्रभागमा रहेको सार्वजनिक वाटो स्तरोन्नति गर्नका लागी शहरी विकास तथा भवन कार्यालय धनकुटा र संघीय कार्यान्वयन इकाई, विराटनगरलाई समेत पत्राचार गर्ने गरी निर्णय भयो । सो वैठकमा वितेको समय र कामको समिक्षा गर्दै निर्माण समयावधि भित्र निर्माण कार्यलाई अत्यन्त सिघ्रताका साथ सम्पन्न गर्न दृढ भएर लाग्ने प्रतिवद्धता निर्माण कम्पनीको तर्फबाट जाहेर भएपश्चात त्यसका लागि सबै पक्षहरु विच समन्वय, सहकार्य गर्ने गरी वैठक समापन भएको थियो ।
२०८३ जेठ महिनाको मासिक प्रतिवेदन ।
२०८३ बैशाख मसान्त सम्म यस कार्यालयको कार्यको प्रगती विवरण ।
२०८३ साल बैशाख महिनाको मासिक प्रतिवेदन
चैत महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
फागुन महिनामा मुद्दा तर्फको मासिक प्रतिवेदन ।
माघ महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन।
यस कार्यालयको आ.व. २०८२/८३ को पुस महिना सम्मको त्रैमासिक प्रगती विवरण ।
पुस महिनाको मासिक प्रतिवेदन
मंसिर महिनाको मासिक प्रतिवेदन
यस कार्यालयको आ.व. २०८२/८३ को असोज महिना सम्मको त्रैमासिक प्रगती विवरण ।