नागरिक बडापत्र


क्रम संख्या

सम्बन्धित शाखा

सम्पादन गरिने कार्यहरू

आवश्यक कागजातहरू

जिम्मेवार पदाधिकारी

सम्बन्धित न्यायिक निकायहरू

काम सम्पन्न हुने अवधि

सम्पर्क कोठा नं

गुनासो सुन्ने अधिकारी

१.

विशेष तथा प्रशासकीय मुद्दा शाखा,

वाणिज्य शाखा,

राजस्व शाखा,

वैदेशिक रोजगार शाखा

बहस, पैरवी र प्रतिरक्षा गर्ने

सम्बन्धित अदालत/न्यायाधीकरणमा रहेका मुद्दाहरू र रिट निवेदनहरूमा नेपाल सरकारको तर्फबाट उपस्थित भई मुद्दाको प्रकृतिअनुसार थुनछेक बहस र अन्तिम बहस, पैरवी र प्रतिरक्षा गर्ने

सम्बन्धित मुद्दाको अद्यावधिक नक्कल मिसिल र पेशीको सूचना/ जानकारी

 

सम्बन्धित मुद्दा शाखाका उपन्यायाधिवक्ता र

सहायक न्यायाधिवक्ता

 

  • विशेष अदालत, काठमाडौँ
  • प्रशासकीय अदालत, सिँहदरवार
  • उच्च अदालत, पाटनको वाणिज्य इजलास
  • राजस्व न्यायाधीकरण, पुल्चोक, ललितपुर
  • वैदेशिक रोजगार न्यायाधीकरण, काठमाडौँ

मुद्दाको पेशी तोकिएको दिन,

 

अभियोग पत्र र आरोप पत्रसहित पेश प्रतिवादीहरूको र म्यादमा उपस्थित प्रतिवादीहरूको अदालत/न्यायाधीकरणमा बयान सम्पन्न भएपछि

सम्बन्धित मुद्दा शाखा

कार्यालय प्रमुख/ सहन्यायाधिवक्ता

 

 

बहसनोट तयार गर्ने

सम्बन्धित अदालत/न्यायाधीकरणमा रहेका मुद्दाहरूमा अदालतको आदेसानुसार र आवश्यकतानुसार बहसनोट तयार गरी प्रस्तुत गर्ने

सम्बन्धित मुद्दाको अद्यावधिक नक्कल मिसिल

 

बहसनोट पेश गर्नू भन्ने अदालतको आदेश वा सूचना

सम्बन्धित मुद्दा शाखाका उपन्यायाधिवक्ता र

सहायक न्यायाधिवक्ता

 

  • विशेष अदालत, काठमाडौँ
  • प्रशासकीय अदालत, सिँहदरवार
  • उच्च अदालत, पाटनको वाणिज्य इजलास
  • राजस्व न्यायाधीकरण, पुल्चोक, ललितपुर
  • वैदेशिक रोजगार न्यायाधीकरण, काठमाडौँ

अदालतले तोकेको समयभित्रै र अन्य अवस्थामा मुद्दाको सुनुवाइ प्रारम्भ हुनुभन्दा कम्तीमा २ दिन अगावै

सम्बन्धित मुद्दा शाखा

कार्यालय प्रमुख/सहन्यायाधिवक्ता

 

 

साक्षी परीक्षण गर्ने

सम्बन्धित निकायवाट उपस्थित हुने वादीतर्फका साक्षीहरू बकपत्रको लागि तयार गराई सम्बन्धित अदालत/न्यायाधीकरणमा उपस्थित गराउने र साक्षी परीक्षण गर्ने

सम्बन्धित मुद्दाको अद्यावधिक नक्कल केश फायल

सम्बन्धित निकायवाट साक्षी उपस्थित गराएको पत्र र साक्षीको परिचय खुल्ने कागजात (जस्तै नागरिकता, राहदानी, कर्मचारी परिचयपत्र आदि)

सम्बन्धित मुद्दा शाखाका सहायक न्यायाधिवक्ता

 

  • विशेष अदालत, काठमाडौँ
  • उच्च अदालत, पाटनको वाणिज्य इजलास
  • वैदेशिक रोजगार न्यायाधीकरण, काठमाडौँ

मुद्दाको वकपत्र तोकिएको दिन कार्यालय समय सुरु भएदेखि वकपत्र सम्पन्न नभएसम्म निरन्तर

सम्बन्धित मुद्दा शाखा

कार्यालय प्रमुख/सहन्यायाधिवक्ता

 

 

साक्षीलाई सुरक्षा तथा दैनिक तथा भ्रमण भत्ताको लागि सिफारिस गर्ने

सरकारी साक्षीको रूपमा प्रस्तुत साक्षीलाई सुरक्षाको प्रत्याभूति गर्ने तथा मुद्दामा कसूर स्थापित गर्न सहयोग हुने गरी वकपत्र गरिदिएमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११३ बमोजिम सुरक्षा र दैनिक तथा भ्रमण भत्ता उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने।

  • साक्षीको मौखिक, लिखित अनुरोध
  • बकपत्र सम्पन्न भएको हुनुपर्ने।
  • बकपत्र सम्पन्न भएको जानकारी सम्बन्धित निकायलाई दिइने।

विशेष तथा प्रशासकीय मुद्दा शाखा र

वाणिज्य मुद्दा शाखाका

उपन्यायाधिवक्ता र

सहायक न्यायाधिवक्ता

 

  • अख्तियार दुरपयोग अनुसन्धान आयोग, टङ्गाल
  • केन्द्रीय अनुसन्धान व्यूरो तथा नेपाल प्रहरी

बकपत्र सम्पन्न भएपछि सम्पन्न भएको व्यहोरा अविलम्ब जानकारी पठाइने।

सम्बन्धित मुद्दा शाखा

 

कार्यालय प्रमुख/सहन्यायाधिवक्ता

 

 

प्रमाण कागजातहरू पेश गर्ने

मुद्दासँग सम्बन्धित कागजात, प्रमाण पेश गर्ने, गर्न लगाउने

सम्बन्धित निकायहरूवाट प्राप्त कागजात प्रमाणहरू

सम्बन्धित मुद्दा शाखाका उपन्यायाधिवक्ता र

सहायक न्यायाधिवक्ता

 

  • उच्च अदालत, पाटनको वाणिज्य इजलास
  • विशेष अदालत, काठमाडौँ
  • वैदेशिक रोजगार न्यायाधीकरण, काठमाडौँ

सम्बन्धित निकायहरूवाट कागजातहरू प्राप्त भएको ३ दिनभित्रै

सम्बन्धित मुद्दा शाखा

कार्यालय प्रमुख/सहन्यायाधिवक्ता

 

 

वेरीतको निवेदन  (दफा ७३) र पुनरावेदकीय कार्य

वाणिज्य इजलास, वैदेशिक रोजगार न्यायाधीकरणको हकमा सम्पूर्ण मुद्दाहरूमा र विशेष अदालतको हकमा सम्पत्ति शुद्धीकरणसम्वन्धी मुद्दाहरूमा र राज्यविरुद्धको अपराधसम्वन्धी मुद्दाहरूमा भएका थुनछेक आदेश/अन्तर्कालीन आदेश र फैसलाउपर सर्वोच्च अदालतसमक्ष  मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिमको निवेदन, पुनरावेदन गर्ने/नगर्ने आवश्यकतानुसार मस्यौदा/प्रस्ताव तयार गरी महान्यायाधिवक्ताको कार्यालयमा आदेश/फैसलासहितको नक्कल मिसिल पठाउने,

विशेष अदालतवाट गरिएका थुनछेक/अन्तर्कालीन आदेश र अन्तिम फैसलाहरूउपर सर्वोच्च अदालतसमक्ष  मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा  ७३ बमोजिमको निवेदन/पुनरावेदन गर्नेसम्वन्धी कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर मुद्दाहरूमा सोही आयोगमा आदेश/फैसलासहितको नक्कल मिसिल पठाउने,

प्रशासकीय अदालतको निर्णय अन्तिम हुने, सोउपर पुनरावेदन नलाग्ने।

राजस्व न्यायाधीकरणवाट भएका फैसलाउपर सर्वोच्च अदालतमा अनुमतिको निवेदन सम्बन्धित विभागवाटै दिइने।

थुनछेक आदेशको प्रतिलिपि, फैसलासहितको पुनरावेदन म्याद र अदालतवाट उठेका सम्पूर्ण कागजातसहितको अद्यावधिक नक्‍कल मिसिल

 

सम्बन्धित मुद्दा शाखाका उपन्यायाधिवक्ता र

सहायक न्यायाधिवक्ता

 

  • उच्च अदालत, पाटनको वाणिज्य इजलास
  • विशेष अदालत, काठमाडौँ
  • वैदेशिक रोजगार न्यायाधीकरण, काठमाडौँ

सामान्यतया आदेश/फैसलाको सूचना प्राप्त भएको १० दिनभित्रै

 

कार्यालय प्रमुख/सहन्यायाधिवक्ता

 

 

मुद्दा चल्ने नचल्नेसम्बन्धी निर्णय गर्ने

वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृतवाट प्राप्त रायसहितको वैदेशिक रोजगार कसूरसम्बन्धी मुद्दाको मिसिल निर्णयका लागि उपन्यायाधिवक्तालाई तोक्ने

अनुसन्धान अधिकृतवाट प्राप्त रायसहितको मिसिल अध्ययन गरी आवश्यतानुसार थप अनुसन्धानका लागि निर्देशन दिने

अनुसन्धान अधिकृतवाट प्राप्त रायसहितको मिसिल अध्ययन गरी मुद्दा चलाउने/नचलाउने निर्णय गर्ने

वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृतवाट प्राप्त रायसहितको वैदेशिक रोजगार कसूरसम्बन्धी मिसिल

 

वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृतबाट प्राप्त रायसहितको वैदेशिक रोजगार कसूरसम्बन्धी मिसिल

 

वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृतवाट प्राप्त रायसहितको वैदेशिक रोजगार कसूरसम्बन्धी मिसिल

सहन्यायाधिवक्ता

मुद्दा हेर्न तोकिएका सम्बन्धित वैदेशिक रोजगार शाखाका उपन्यायाधिवक्ता

 

मुद्दा हेर्न तोकिएका सम्बन्धित वैदेशिक रोजगार शाखाका उपन्यायाधिवक्ता

 

वैदेशिक रोजगार विभाग, काठमाडौं

थुनुवा भएको मुद्दा भए तुरुन्त र थुनुवा नभएका मुद्दाहरूमा यथाशीघ्र।

थुनुवा भएको मुद्दा भए तुरुन्तै मिसिल अध्ययन गरी र थुनुवा नभएका मुद्दाहरूमा यथाशीघ्र मिसिल अध्ययन गरी।

थुनुवा भएको मुद्दा भए थुनामा राख्‍न प्राप्त म्याद र अभियोगपत्र प्रस्तुत गर्न लाग्ने समयसमेत ध्यान दिई तुरुन्तै मिसिल अध्ययन गरी र थुनुवा नभएका मुद्दामा यथाशीघ्र मिसिल अध्ययन गरी।

 

कार्यालय प्रमुख/सहन्यायाधिवक्ता

२.

आन्तरीक प्रशासन तथा जिन्सी शाखा

आन्तरिक प्रशासन तथा कार्यालय व्यवस्थापन

कार्यालयको आन्तरीक प्रशासन र व्यवस्थापनसँग सम्बन्धित सम्पूर्ण कार्य

सम्बन्धित कागजातहरू

आन्तरीक प्रशासन हेर्ने सहायक न्यायाधिवक्ता 

 

यथाशीघ्र

 

कार्यालय प्रमुख/सहन्यायाधिवक्ता

३.

आर्थिक प्रशासन शाखा

आर्थिक प्रशासनसम्बन्धी कार्य

कार्यालयको सम्पूर्ण आर्थिक प्रशासन र लेखा सञ्चालनसम्वन्धी कार्य

आवश्यक अख्तियारी निकासा, बिल, भरपाइ आदि

लेखापाल 

 

यथाशीघ्र

 

कार्यालय प्रमुख/सहन्यायाधिवक्ता

४.

सूचना अधिकारी

सूचना अधिकारी

कार्यालयवाट प्राप्त हुने सूचना सम्वन्धमा

 

सूचनाको हकसम्वन्धी ऐन, २०६४ तथा सोको नियमावली, २०६५ ले तोकेको प्रकृयावमोजिम

सूचना अधिकारी 

फोन:- 

इमेल 

 

ऐनमा तोकिएको म्यादभित्रै

 

कार्यालय प्रमुख/सहन्यायाधिवक्ता

५.

उजुरी तथा गुनासो व्यवस्थापन

उजुरी तथा गुनासो व्यवस्थापन

कर्मचारी वा कार्यालयको काम कारवाहीसँग सम्बन्धित गुनासो रहेमा सहन्यायाधिवक्तासमक्ष लिखित वा मौखिक उजुरी गर्न सकिने।

कार्यालयमा राखिएको उजुरी पेटिकामा उजुरी गर्न सकिने।

सहन्यायाधिवक्ता 

फोन 

इमेल 

 

तुरुन्तै आवश्यक जाँचबुझ, छानबिन गरी नतिजा जानकारी गराइने

कार्यालय प्रमुख/सह न्यायाधिवक्ता