महान्यायाधिवक्ताको कार्यालयबाट प्रहरी प्रधान कार्यालयसँगको समन्वयमा कार्यालय अनुगमन ।

महान्यायाधिवक्ताको कार्यालयबाट प्रहरी प्रधान कार्यालयसँगको समन्वयमा उच्च तहका सरकारी वकील र प्रहरी अधिकृतहरूबाट अपराध, अनुसन्धान र अभियोजन समेतका विषयमा विभिन्न सरकारी वकील कार्यालय र प्रहरी कार्यालयको अनुगमन गरिएको छ । विभिन्न ९ वटा अनुगमन समूहले २६ वटा जिल्लामा रहेका सरकारी वकील कार्यालय र प्रहरी कार्यालयको अनुगमन गरेको हो ।मुलुकी अपराध संहिता समेतमा नयाँ कानूनी व्यवस्थाको कार्यान्वयनको क्रममा अपराध, अनुसन्धान तथा अभियोजनको अवस्था अध्ययन गर्ने, समस्याहरू समाधान गर्न निर्देशन दिने र संहिता कार्यान्वयनमा एकरूपता कायम गर्ने उद्देश्यले यो अनुगमन गरिएको हो।अनुगमन गरिएका जिल्ला र अनुगमन गर्ने अधिकारीको विवरण यस प्रकार छ ।

सि.न अनुगमन गरिएको जिल्ला अनुगमन गर्ने सरकारी वकील अनुगमन गर्ने प्रहरी अधिकृत मिति
झापा, मोरङ, सुनसरी सहन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनी प्र.व.उ. श्री शरद खत्री २०७५/१२/१७–  २०७५/१२/२३ सम्म
सप्तरी, सिराहा, उदयपुर सहन्यायाधिवक्ता श्री लोकराज पराजुली प्र.उ. श्री नवराज अधिकारी २०७५/१२/१७–  २०७५/१२/२३ सम्म
धनुषा, सर्लाही, महोत्तरी सहन्यायाधिवक्ता श्री गोपाल प्रसाद रिजाल प्र.व.उ. श्री शेखर कोइराला २०७५/१२/१७–  २०७५/१२/२३ सम्म
बारा, पर्सा, रौतहत सहन्यायाधिवक्ता श्री गीता प्रसाद तिमिल्सिना प्र.व.उ.  श्री बिनोद सिलवाल २०७५/१२/१५–  २०७५/१२/२२ सम्म
चितवन,मकवानपुर,     नवलपरासी पुर्व सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली प्र.व.उ.  श्री टेक बहादुर तामाङ्ग २०७५/१२/१८–  २०७५ /१२/२३ सम्म
रूपन्देही, नवलपरासी पश्चिम  कपिलवस्तु सहन्यायाधिवक्ता श्री सञ्जिबराज रेग्मी प्र.व.उ.  श्री राजेशलाल कर्ण २०७५/१२/१७–  २०७५ /१२/२३ सम्म
दाङ, बाँके, बर्दिया सहन्यायाधिवक्ता श्री मुरारी प्रसाद पौडेल प्र.व.उ.  श्री पोषराज पोखरेल २०७५/१२/१७–  २०७५ /१२/२३ सम्म

 

कैलाली, कञ्चनपुर सहन्यायाधिवक्ता श्री सूर्यराज दाहाल प्र.व.उ.  श्री देव ब. बोगटी २०७५/१२/१८–  २०७५ /१२/२४ सम्म
लमजुङ, तनहुँ, कास्की सहन्यायाधिवक्ता श्री विश्वराज कोइराला प्र.व.उ.  श्री पूजा सिंह २०७५/१२/१७–  २०७५ /१२/२३ सम्म