नायब महान्यायाधिवक्ता श्री बद्रीप्रसाद गौतमज्यू विदाई कार्यक्रम ।

महान्यायाधिवक्ताको कार्यालयले उमेर दहका कारण अनिवार्य अवकाश लिनुभएका नायव महान्यायाधिवक्ता श्री बद्रीप्रसाद गौतमलाई २०७५ आश्विन १४ गते एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । २०४३ श्रावण २६ गते राजपत्रांकित तृतीय श्रेणीबाट सेवा सुरू गर्नुभएका गौतम ३२ वर्ष ४ महिना १९ दिनको सेवा अवधि पुरा गरी बिशिष्ट श्रेणीबाट सेवा निवृत्त हुनुभएको हो ।

बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलले सेवा सुरू गरेपछि निवृत्त हुनु अनिवार्य भएको बताउँदै गौतमको सुखमय निवृत्त जीवनको कामना समेत गर्नुभयो । उहाँले सरकारी वकीलको सेवालाई सुधार गरी कम्तीमा पनि अधारभूत सुविधासम्पन्न बनाउन आफू प्रयत्नशील रहेको समेत बताउनुभयो ।

नायब महान्यायाधिवक्ता गौतमले सरकारी कर्मचारीले पद बमोजिमको कार्य विवरण पुरा गर्नपर्ने र उनीहरूको जीवनमा आचरण, व्यवहार र चरित्र महत्वपूर्ण हुने बताउनुभयो । नायब महान्यायाधिवक्ता खगराज पौडेलको अध्यक्षतामा सम्पन्न बिदाई समारोहमा सरकारी वकील समाजका अध्यक्ष सहन्यायाधिवक्ता श्री नारायण प्रसाद पौडेलले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन उपन्यायाधिवक्ता श्री केशव प्रसाद पन्तले गर्नुभएको थियो ।