सरकारी वकीलहरूको राष्ट्रिय सम्मेलन सम्बन्धी सूचना ।

महान्यायाधिवक्ताको कार्यालयले आफ्नो स्थापना दिवसको अवसर पारेर २०७५ पौष ८, ९ र १० गते दोस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । सम्मेलन सम्पन्न गर्नका लागि माननीय महान्यायिधवक्ता श्री अग्नी प्रसाद खरेलको संयोजकत्वमा मूल समारोह समिति र अन्य विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ । सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन २०७३ पौष ८, ९ र १० गते प्रभावकारी अभियोजन, सुदृढ प्रतिरक्षा; व्यावसायिक सरकारी वकील हाम्रो प्रतिवद्धता भन्ने मूल नाराका साथ सम्पन्न गरिएकोमा दोस्रो राष्ट्रिय सम्मेलनको नारा तय गर्नुपर्ने भएकाले २०७५।०५।२५ गतेभित्र महान्यायाधिवक्ताको कार्यालयको इमेल ठेगाना info@ag.gov.np, ags@ag.gov.npsk77bhattarai@yahoo.com मा सुझाव उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ ।


राष्ट्रिय सम्मेलन तयारी सचिवालय
महान्यायाधिवक्ताको कार्यालय