सरकारी वकीलहरूको दोस्रो राष्ट्रिय सम्मेलन हुने

महान्यायाधिवक्ताको कार्यालयले आफ्नो स्थापना दिवसको अवसर पारेर २०७५ पौष ८, ९ र १० गते दोस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

सम्मेलन सम्पन्न गर्नका लागि माननीय महान्यायिधवक्ता श्री अग्निप्रसाद खरेलको संयोजकत्वमा मूल समारोह समिति र अन्य विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ ।

सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन २०७३ पौष ८, ९ र १० गते “प्रभावकारी अभियोजन, सुदृढ प्रतिरक्षा; व्यावसायिक सरकारी वकील हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ सम्पन्न भएको थियो ।