महान्यायाधिवक्ता र अमेरिकी नियोग उपप्रमुखबीच भेटघाट

माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलसँग काठमाडौंस्थित अमेरिकी दुतावासका नियोग उपप्रमुख माइकल सी. गोन्जालेस र आवासीय कानूनी सल्लाहकार माइकल जे. हेमेन सहितको टोलीले २०७५ भाद्र १९ गते भेटघाट गरेको छ ।

भेटघाटका क्रममा संक्रमणकालीन न्याय र मुलुकी अपराध संहिता लगायतका कानूनहरूले अवलम्बन गरेको फौजदारी कानून सम्बन्धी नयाँ व्यवस्थाहरूका सम्बन्धमा आपसी सहकार्यका विषयमा छलफल भएको थियो । छलफलमा नेपालका सरकारी वकीलहरूको क्षमता अभिवृद्धिका लागि सहकार्य, सहयोग र अनुभव आदानप्रदान गर्न अमेरिकी सरकार इच्छुक रहेको दुतावासको टोलीले जानकारी गराएको थियो ।