अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन समिति गठन ।

सरकार वादी हुने मुद्दाको अनुसन्धान र अभियोजनप्रति लक्षित गरी विभिन्न माध्यमबाट हुने सार्वजिनक टिप्पणीहरूको अध्ययन गरी अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयका पदाधिकारी सम्मिलित एक समिति गठन गरिएको छ ।

सूचना तथा सञ्चार प्रविधि र अन्य विभिन्न माध्यमबाट समाजमा देखा पर्ने अपराध, ती अपराधका कसूरदार र त्यस्ता मुद्दाको अनुसन्धान र अभियोजनका सम्बन्धमा समेत हुने सार्वजनिक टिप्पणी र विभिन्न सञ्चारमाध्यमका समाचार तथा सम्पादकीयमार्फत हुने टिप्पणीका सम्बन्धमा आवश्यक सूचना संकलन गर्ने र सम्बोधन गरिनुपर्ने विषयमा समन्वय गर्न महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता श्री गीता प्रसाद तिम्सिना र वरिष्ठ प्रहरी उपरीक्षक श्री बसन्त लामा
रहेको समिति गठन गरिएको हो ।

माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलको अध्यक्षतामा २०७५ साउन २० गते सम्पन्न बैठकले अनुसन्धानका सम्बन्धमा आवश्यक निर्देशन दिन वरिष्ठ प्रहरी उपरीक्षक श्री बसन्त लामा र अभियोजनका सम्बन्धमा आवश्यक समन्वय गर्न सहन्यायाधिवक्ता श्री गीता प्रसाद तिम्सिनालाई जिम्मेवारी दिइएको छ ।